
काठमाडौं, वैशाख २१ – देशमा अहिले पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण काठमाडौंसहित केही पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी प्रदेश र अन्य पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात पनि हुन सक्छ।
आज राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ। पहाडी र केही अन्य स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। हिमाली भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे