
काठमाडौं । नेपाल सरकारले धितोपत्र बजारको सुधार र सुदृढीकरणमा जोड दिँदै नेपाल धितोपत्र बोर्डलाई सशक्त बनाउने घोषणा गरेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बोर्डको संरचनात्मक सुधारमार्फत नियमन क्षमतामा वृद्धि गरिने उल्लेख गरेका छन्।
साथै, सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरेर पुँजी बजारको कार्यक्षमता र पारदर्शिता अभिवृद्धि गर्ने नीति लिएको स्पष्ट गरिएको छ। राष्ट्रपति पौडेलले नेप्से सुधारलाई प्राथमिकतामा राख्दै पुँजी बजारमा लगानीकर्ताको विश्वास बढाउन आवश्यक सुधार प्रक्रिया अघि बढाइने बताएका छन्।
सरकारले सार्वजनिक पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्न ‘नवीन वित्तीय उपकरण’ प्रयोग गरिने नीति लिएको समेत बताइएको छ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई साझेदार बनाउँदै मुलुकको पूर्वाधार विकासमा गतिशीलता ल्याउने सरकारको उद्देश्य प्रष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे