
काठमाडौँ, १९ वैशाख । देशमा अहिले पश्चिमी वायु र स्थानीय हावाको असर देखिएको छ। साथै, बङ्गालको खाडीबाट आएको भिजेको हावाले पनि केही प्रभाव पारेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आकाश आंशिकदेखि सामान्य रूपमा बादल लागेको रहनेछ। कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा कतिपय ठाउँमा र बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम मात्रामा वर्षा हुन सक्ने सम्भावना छ।
आज रातिको मौसमतिर हेर्दा, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्नेछ भने बाँकी ठाउँमा मौसम खुलेको रहनेछ। कोशी र गण्डकीका पहाडी क्षेत्रका एक–दुई ठाउँमा चट्याङ र मेघगर्जनसहित हल्का वर्षा हुन सक्छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे