
काठमाडौँ , १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको सुनिश्चिततामा जोड दिए। उनले विदेश र स्वदेशमा रहेका सबै श्रमिक दाजुभाइ–दिदीबहिनीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन ।
राष्ट्रपतिले संविधानले सबै नागरिकलाई काम गर्ने र श्रमको हक दिएको भन्दै समान कामका लागि लैङ्गिक भेदभाव नगरिने स्पष्ट पारेका छन । श्रमिक वर्गको योगदान लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा महत्वपूर्ण हुने बताउँदै उनुले उद्यमी र श्रमिक दुवैको योगदान बराबर महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
उनले मर्यादित श्रमको वातावरण बनाउँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा पनि जोड दिए। मजदुर दिवसले सबैलाई श्रमको मूल्य चिन्न र आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्न प्रेरणा दिने राष्ट्रपतिको विश्वास छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे