
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् । बुधबार दिउँसो उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको कार्यक्रम तयारी भइरहेको क्रममा अचानक उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेको साढे ४ घण्टापछि उनी रिहा भएका हुन् । सर्वोच्च अदालतबाट पक्राउ गर्न जारी भएको पत्रको आधारमा प्रहरीले उलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे