
काठमाडौं । अमेरिकामा अवैधानिक रूपमा बसेका नेपालीहरूलाई अमेरिकी सरकारले नेपाल फिर्ता पठाएको छ।
आधिकारिक कागजात विना अमेरिकामा बसिरहेका १० नेपालीलाई अमेरिका सरकारले चार्टर विमानमार्फत काठमाडौं ल्याएर छोडेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान १० बजे उक्त विमान अवतरण भएको थियो। उक्त विमान अमेरिकाको न्यु ह्याम्पशर राज्यस्थित पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको थियो।
अवैधानिक आप्रवासीलाई निष्कासन गर्ने नीति अन्तर्गत अमेरिका सरकारले यी नेपाली नागरिकहरूलाई देश निकाला गरेको हो। यसअघि २७ जना नेपालीलाई अमेरिका सरकारले नेपाल फर्काइसकेको थियो, जससँगै ट्रम्प प्रशासनको आदेशअनुसार देश निकाला हुने नेपालीहरूको संख्या ३७ पुगेको छ।
नेपाल फिर्ता गरिएका नेपालीहरूलाई ल्याएको विमानले नेपालबाट केही अमेरिकी नागरिकहरूलाई लिएर फर्किने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे