
काठमाडौँ , फागुन २१ । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा आंशिक बदली ल्याएको छ, जबकि मुलुकका अन्य भागहरूमा मौसम सफा छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली हुने अनुमान गरिएको छ, र बाँकी भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी प्रदेशका पहाडी भागहरूमा आंशिक बदलीको सम्भावना छ, जबकि अन्य स्थानहरूमा मौसम स्थिर रहनेछ।
भोलि बिहान तराईका केही स्थानहरूमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई उड्डयनमा आंशिक प्रभाव पार्न सक्छ। यस सन्दर्भमा महाशाखाले सतर्कता अपनाउन र सम्बन्धित सबैलाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे