
काठमाण्डौ। नेपाल शैक्षिक परामर्श संघ इक्यानले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम २०८१ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अथितीको रुपमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ, पूर्व अर्थ राज्यमन्त्री तथा माननिय सांसद उदय शमशेर राणा, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य जित जंग बस्नेत पुर्व डिआइजी तथा एमालेका नेता सर्वेन्द्र खनाल विभिन्न पार्टीका नेता तथा शुरक्षा निकाएका प्रतिनिधि, इक्यानका पदाधिकारी, इक्यान सदस्यहरु तथा शैक्षिक परामर्श व्यशायीहरुको उल्लेखनिय उपस्थीती रहेको थियो ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्राईले दिपावली, छठ तथा नेपाल संवतको उपलक्षमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित अन्य व्यक्तित्वहरुले पनि दिपावली, छठ तथा नेपाल संवतको उपलक्षमा शुभकामना मन्तव्य गर्नु भएको थियो ।
कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएकोमा गरिमामय उपस्थितीको लागी सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे