
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्राउविरुद्ध मंगलबार बालुवाटारमा गरेको विरोध प्रदर्शनका क्रममा १७ जना प्रदर्शनकारी पक्राउ परेका छन्।
रास्वपाका अनुसार, उनीहरूले राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारको विरुद्धमा शान्तिपूर्ण तरिकामा प्रदर्शन गर्दै थिए। तर, बालुवाटार निषेधित क्षेत्रमा प्रदर्शन गर्दा प्रहरीले धरपकड गरेको जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, र पार्टीका सदस्य खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का रहेका छन्।
रास्वपाले यस धरपकडको विरोध गर्दै शान्तिपूर्ण आन्दोलनको अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे