
काठमाडौँ , ११ कात्तिक । इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा ३५ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। आज बिहानको समयमा भएको यो आक्रमणले क्षेत्रको स्थिति थप तनावग्रस्त बनाएको छ। स्थानीय स्रोतका अनुसार, इजरायली सेना हमासका लक्ष्यहरूलाई निशाना बनाउँदै आएको छ, जसले गर्दा नागरिकका क्षेत्रमा पनि व्यापक क्षति भएको छ।
गाजाका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार, घाइते हुनेमा महिलाहरू र बालबालिकाहरू पनि समावेश छन्। आक्रमणले गाजा बासीहरूमा भय र असुरक्षा फैलाएको छ। यस घटनापछि, मानवअधिकारका संस्थाहरूले इजरायललाई नागरिक जीवनमा ध्यान दिन र अत्यधिक बल प्रयोग नगर्न अपील गरेका छन्। इजरायलले गाजाको हरके क्षेत्रमा आक्रमण जारी राख्दा त्यहाँको अवस्था दयनीय बनेको छ। बढ्दो आक्रमणका कारण गाजामा जारी पोलियो खोप अभियान पनि रोकिएको छ भने इजरायलले आक्रमण जारी रहने बताउँदै आएको छ।
गाजामा भइरहेका यी घटनाहरूले अन्तर्राष्ट्रिय समुदायको चासोलाई आकर्षित गरिरहेको छ, र यस विषयमा विश्वभरका नेताहरूले शान्ति र संयमको आवाहन गरेका छन्। यसैबीच, इजरायली सरकारले भने आक्रमणलाई आतंकवादको विरुद्धको अभियानको एक हिस्सा भनेर बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे