
काठमाडौँ , ९ कात्तिक । नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध शनिबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ । माओवादीले शनिबार काठमाडौंमा खबरदारी सभा गर्ने भएको हो।
सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्। माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध देशैभरी कार्यक्रम गर्ने जनाएको छ। खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे