
काठमाडौँ , ५ कात्तिक । नेपालले अमेरिकाविरुद्धको टी(२० सिरिज क्लिनस्विप गरेको छ। टी(२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो। तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।
१५७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले निर्धारित ओभरको ८ बल बाँकी छदै जम्मा २ विकेटको क्षतिमा जित हासिल गर्यो।अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १८।४ ओभरमा पूरा गर्यो। नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए। आसिफले टी(२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन्। त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए। यसअघि डालसमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आईसीसी विश्वकप लिग(२ को सिरिज खेल्ने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे