
काठमाडौँ , ४ कात्तिक । नेपाली सेनाले रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुलको निर्माणमा बेलिब्रिज जडानको काम पूरा गरेको छ। सेनाले शनिबार पुलमा बेलिब्रिज जडान सम्पन्न गरेको जानकारी दिएको छ। अहिले सिन्धुली पटीको पुल र जडान गरिएको बेलिब्रिज बीच फलामको सल्याप हाल्ने काम भइरहेको छ। पुलको रामेछाप तर्फको जिपलाईन माथि सडकसँगको लेभल मिलाउने ढलानको काम पनि बाकी रहेको छ।
सडक विभागले चाँडै ढलानको काम पूरा गर्ने योजनासहित पुलको भार क्षमता परीक्षण गरी एक हप्ताभित्र खुर्कोट पुल सञ्चालनमा ल्याउने आशा व्यक्त गरेको छ। हालैको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको झोलुङ्गे पुल बगाएको थियो, जसले रामेछाप जिल्लालाई राजधानी काठमाडौँसँगको सञ्जाल तोडिदिएको थियो। पुल बगाएपछि रामेछापवासीलाई काठमाडौँ पुग्नको लागि लामो र कठिन मार्ग छान्न बाध्य हुनु परेको छ।
खुर्कोट पुल, एसियाली विकास बैङ्कको अनुदानमा निर्माण भएको थियो र यसले रामेछापको मन्थलीदेखि काठमाडौँको दूरी ७५ किलोमिटर घटाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे