
काठमाडौँ, कात्तिक २ । दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ। घोराही तापा सडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गएको राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी गराउनुभएको छ।
मृत्यु हुने चालक गढवा गाउँपालिका ७ का प्रभु चौधरी रहेका छन्। टिपर चुनढुँगा लिन जान लागेको थियो, र यो टिपर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे