
काठमाडौँ, कात्तिक २ । साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । च्याम्पियनसिप अन्तर्गत आ ज समुह ‘बी’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्दैछन् ।
सो खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ । भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी छन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । दशरथ रंगशालामा हिजो भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले हराउँदै भारतले विजयी शुरुवात गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे