
काठमाडौँ, कात्तिक १ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार अपराह्न साढे ५ बजे पाकिस्तान र भारतबीचको खेलपछि प्रतियोगिता औपचारिकरुपले शुरु हुनेछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा तथा २०२२ मा काठमाडौंमा प्रतियोगिता आयोजना गरेको थियो । यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे