
काठमाडौँ , असोज ७ । नेपाली बजारमा आज ९सोमबार० सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँ पुगेको छ।
आज सुन प्रतितोला चार सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भने स्थिर रहेको छ। चाँदीको मूल्य आज १ हजार ९ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे