
काठमाडौँ, असार १२। मंगलबार स्थिर रहेको सुनको मूल्य आज ९बुधबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज प्रतितोला सात सय रूपैयाँ घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज २५ रूपैयाँले घटेर १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे