
काठमाडौँ , १ असार | आइसिसी टी २० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। यो हारसँगै समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ । कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले जित नजिक पुगेर पनि हारेको छ ।
नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ४९ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए ।अनिल शाहले २७ रन बनाए । उनले २४ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए हो । ओपनर कुशल भुर्तेलले १३ रन जोडे ।
यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रनमा आउट भए । कुशल मल्ल एक रन र कप्तान रोहित पौडेल शुन्य रनमा पेभेलियन फर्किए। सोमपाल कामीले अविजित आठ र गुलशन झाले ६ रन बनाए । दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । अब समूह ‘डी’मा रहेको नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे