
काठमाडौं, जेठ १८ । आआइसीसी टी(२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीच हुने भनिएको वार्म अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार बिहान १०स्३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको हो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाले टस जित्दा नेपालले पहिलो फिल्डिङ गर्ने तय गरिएको थियो । यसअघि भएको पहिलो वार्मअप खेलमा नेपालले क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।
समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ ।
जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ भने जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे