
काठमाडौं, १७ जेठ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो ।
भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्। खेल आयोजक मुलुक अमेरिकाले सन्दीपलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो । उनलाई भिसा दिन माग गर्दै हिजो मात्र माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए। अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नभएकाले भिसा रोकिएकोसम्मका तर्क आइरहेका छन् ।
उनले सामाजिक सञ्जालमा आफूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै सार्वजनिक रुपमै त्यसको विरोधगरेका थिए । राष्ट्रिय खेलकूद महासंघअन्तर्गत नेकोस राष्ट्रिय क्रिकेट संघले सन्दिप लामिछानेलाई आईसीसी विश्वकप खेल्न जानबाट रोक्न अमेरिका जाने भिसा प्रक्रियाका लागि असहयोग गरेको आरोप लगाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे