
काठमाडौं , १६ जेठ । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।
थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन् । नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन् । सो खेल शनिबार हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे