
काठमाडौँ, २ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा एक स्थान सुधार गर्दै दीपेन्द्र १० औँ स्थानमा आइपुगेका हुन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ ११ औँ स्थानमा थिए ।
उनी टी–२० अलराउन्डरको वरीयतामा एसोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा छन् ।यस्तै टी–२० वरीयताको अलराउन्डरतर्फ कुशल मल्ल ३३ औँ र गुल्सन झा ६१ औँ स्थानमा यथावत् रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान तल झर्दै ६६ औँ स्थानमा छन् । यसैगरी करण केसी एक स्थान सुधार गर्दै ७४ औँ स्थानमा उक्लिएका छन् ।
टी–२० वरीयताको ब्याटिङतर्फ दीपेन्द्र ५० औँ स्थानमा यथावत् छन् । यस्तै कप्तान रोहित तीन स्थान तल झर्दै ६१ औँ स्थानमा छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८७ औँ स्थानमा छन् । टी–२० वरीयताको बलिङतर्फ सोमपाल कामी ९२ औँ स्थानमा यथावत् छन् । टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्दै १७ औँ स्थानमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे