
काठमाडौँ , २० वैशाख । नेपालले आज टी–२० क्रिकेटअन्तर्गत वेस्टइन्डिज ‘ए’विरुद्ध चौथो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित टियू खेल मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । टी(ट्वेन्टी क्रिकेट श्रृंखलामा वेष्टइण्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ७६ रनले पराजित भएको छ।
२ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल बाँकी छँदै १ सय ५१ रनमा अलआउट भएको हो।
नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए ।
वेस्ट इन्डिज ए का लागी हेडेन वाल्शले ३ विकेट लिए । गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे