
काठमाडौँ, १९ बैशाख । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङरोजेका हुन् ।
खेलमा नेपालले कप्तानसहित चार खेलाडी परिवर्तन गरेको छ। आजको टिममा विनोद भण्डारी, करण केसी, विवेक यादव र कमलसिंह ऐरी रहेका छन्।
अघिल्लो खेल खेलेका रोहित पौडेल, सोमपाल कामी, आकाश चन्द र कुशल भुर्तेल बाहिरिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे