
काठमाडौँ, चैत २६ – बैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिँदै छ । इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज नामावली सार्वजनिक गरिँदै छ ।
शनिवार दर्ता भएका उम्मेदवारीमा दाबी विरोधको उजुरीका लागि आइतवारको समय तोकिएको थियो। आयोगले आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । मंगलबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे