
काठमाडौं, २४ चैत्र । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको नाम मनोनय दर्ता हुने कार्यक्रम छ । इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा रिक्त स्थानमा उपनिर्वाचन हुन गैरहेको छ । आज शनिबार ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।
उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने समय निर्धारण गरेको छ । आज साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची आयोगले प्रकाशन गर्ने गर्ने छ ।
त्यसैगरी,उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आयोगले आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरेको छ । अपराह्न ५ बजेपछि भने आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय सार्वजनिक गर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे