
काठमाडौं , माघ ८ | माघ ११ गतेबाट हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसारमा रोक लगाइएको छ । निर्वचान आचारसंहिता अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टाबाट प्रचारप्रसार गर्न पाइदैन अर्थात् आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न पाइदैन
आज राति १२ बजेदेखि रातिदेखि कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । अनलाइन , सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न पाइदैन ।
निर्वचान आचारसंहिता लागू भएपछि कुनै पनि प्रकारका सभा सम्मेलन , छलफल, अन्तर्क्रिया, गोष्ठी पनि गर्न पाइने छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे