
काठमाडौँ, १८ पौष । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भिआइपी नभएर जनताको सेवक भएको बताएका छन्। सामाजिक सञ्जालमा स्ट्याटस लेखेर आफना भनाइहरु राख्ने मेयर साम्पाङले आफु जनताको आदेश पालक पाले मात्रै भएको बताएका छन् ।
मेयर साम्पाङले आफु जनता भन्दा ठूलो नभएकोले विमानस्थलमा भिआइपी लाउन्ज पनि प्रयोग नगर्ने गरेको बताए। ‘एयरपोर्टमा मा मलाई सोधिन्छ: सर भिआइपी लाउन्जबाट जाने हो कि? म भन्ने गर्छु: म भिआइपी होइन हजुर! म त ‘पी’ मात्रै हुँ! अनि लाइनमा सर्वसाधारण सङ्गै उभिने गर्छु!
जनताको घर दैलैमा पुगेर भोट माग्ने कुन अर्थमा जनताभन्दा ठूलो भए भन्ने प्रश्न गर्दै यस्तो शोसकी र सामन्ती चलनको अन्त्य हुनु पर्ने बताए। ‘मलाई थाहा छैन जुन जनताको घरदैलोमा पुगी नमस्कार गरेर भोट माग्ने म जाबो सानो सेवक, जनताको आदेश पालक पाले कुन अर्थमा आज म जनता भन्दा ठूलो भएँ र?,’ उनी लेख्छन्,‘नहुने ढर्आले बिग्रेको यो देशलाई सही शैली र मार्गमा ल्याउनै पर्छ! करोडौँ, अर्बौँ रुपैयाँ फजुल खर्च गर्नु हुन्न! शोसकी र सामन्ती चलनको यस्ता नयाँ स्वरूपलाई चिनेर अन्त्य गर्नै पर्छ! जय देश!’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे