
काठमाडौँ, ८ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा आउने भएका छन् ।पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि ज्ञानेन्द्र झापा आउन लागेका हुन् । बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको शाहको सालिक अनावरणको लागि झापा जान लागेका हुन् ।
पूर्वराजा शाहको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेका छन् । त्यहाँ रहँदा पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ।
भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्याली सुरु हुनेछ। उक्त र्यालीमा उनी पनि सहभागी हुने कार्यक्रम छ।उक्त र्यालीलाई करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्या्उने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे