
काठमाडौँ, मङ्सिर ८ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानका ५ जना समर्थक आज बिहान पक्राउ परेका छन् । काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पशुपति खड्का , मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का रहेका छन् । बिहीवार बल्खुमा भएको कार्यक्रममा प्रसाईँका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए।
त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे