
काठमाडौं, ११ असोज । काठमाडौं, ११ असोज । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका हुन् ।
राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत हिँडेर वसन्तपुर गएका हुन् ।
बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे