
काठमाडौँ , १३ भाद्र । ६० किलो सुन प्रकरणमा प्रहरीले आज पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पौडेल पक्राउ परेसँगै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे