
काठमाडौँ, २८ असार ।सरकारले कानुन बनाएर सामाजिक संजालकाे नियमन गर्ने तयारी गरेकाे छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चाल्न लागिएकाे बताएकी छिन्।
राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताइन्। उनका अनुसार सामाजिक सञ्जाललाई अहिले जस्ताे छाडा छाेड्न सकिदैन । छिट्टै कानुन बनाउने तयारीमा सरकार छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वकाे सरकारले नियमन गर्न खाेजेकाे थियाे तर विराेधपछि पछि हट्नुपरेकाे थियाे ।
विद्युतीय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने उनको भनाइ थियो।
त्यस्तै साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि उनले स्पष्ट पारिन्।
मन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिइन्। गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको पनि उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे