काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतमा कार्यालयलाई पत्राचार गरेको छ ।
नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानबिन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो ।
प्राधिकरणले बुधबार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानबिन समिति गठन गरेको थियो ।
समितिले शुक्रबार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिनेसहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो । सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे