२०८० आश्विन १७, बुधबार
काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी विरुद्धको लडाइँमा नेपाललाई साथ दिने बताएका छन । भारतमा १ अर्ब डोज खोप लगाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको बधाईको जवाफ दिँदै प्रधानमन्त्री मोदीले उक्त प्रतिबद्धता जनाएका हुन् ।
मोदीले सामाजिक सञ्जाल टुविटरमा भनेका छन्, ‘भारत यस महामारीको बिरुद्धमा संयुक्त रुपमा नेपाल संगै उभिन दृढ छ। हाम्रो चिरस्थायी सभ्यता सम्बन्ध अझै बढ्दै र बलियो बनोस्’ ।
भारतमा बिहिबारसम्म १ अर्ब डोजभन्दा बढी खोप लगाइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे