२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, १९ बैशाख । टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा वेष्टइण्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ७६ रनले पराजित भएको छ।
२ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल बाँकी छँदै १ सय ५१ रनमा अलआउट भएको हो।
नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए ।
वेस्ट इन्डिज ए का लागी हेडेन वाल्शले ३ विकेट लिए । गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो।
उसका लागि जोन्सन चार्ल्सले शतकीय पारी खेले। ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १ सय १९ रन जोडे।
आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान गरे। फाबियान एलेनले १९, एलिक एथानाजले १७ रन बनाउँदा किमो पोल १३ रनमा अविजित रहे।
नेपालका सागर ढकाल र करण केसीले १-१ विकेट लिए।
जितसँगै पाँच खेलको श्रृंखलामा वेष्टइण्डिजले २-१ को अग्रता बनाएको छ। । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे