• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३१, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

११ घण्टा अघि
२

बजेट विवादपछि सुदूरपश्चिमका एमालेका चार मन्त्री पदमुक्त

१३ घण्टा अघि
३

उपसभामुख रुवी कुमारीको नेतृत्वमा नेपाली टोली चीन प्रस्थान

१४ घण्टा अघि
४

बन्द सरकारी उद्योग खोल्ने योजना अन्तर्गत हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा

१५ घण्टा अघि
५

कर्णाली सरकारबाट बाहिरिए कांग्रेसका चार मन्त्री

१५ घण्टा अघि
६

प्रतिनिधिसभाको बैठक १ बजेलाई सर्‍यो

१६ घण्टा अघि
७

दुई महिनामा समस्याग्रस्त सहकारीका १,७५४ बचतकर्ताले फिर्ता पाए साढे २ करोड रुपैयाँ

१६ घण्टा अघि
८

अमेरिकाले आक्रमण नरोक्दासम्म हर्मुज बन्द रहने इरानको चेतावनी

१६ घण्टा अघि
९

अव्यवस्थित पार्किङ गरेर डर फैलाउनु गलत : मनिष झा

१६ घण्टा अघि
१०

रौतहटमा २८ वर्षीय युवकद्धारा आत्मदाह प्रयास, थप उपचारका लागि बर्न अस्पताल रेफर

१६ घण्टा अघि
११

वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

२३ घण्टा अघि
१२

मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (४ साल अघि)

मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम

  • 5,021 Views
  • गलेश्वर। वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्।

    निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा सिकाउन थालेका हुन्।

    मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पुगेका उम्मेदवारले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन्।

    बेनी नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार चिरञ्जीवी पौडेल र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपप्रमुखमा उम्मेदवार ज्योति लामिछानेले शुक्रबार बेनी नगरपालिका–४ थामडाँडा, सुर्केमेला र १ बगरफाँटका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै मत मागे। बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको दुई दलीय गठबन्धन छ।

    चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरूले नै सिकाउन आएको बेनी नगरपालिका–२ का ७० वर्षीय पदमपाणि शर्माले बताए। “अहिले मतपत्रका धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि यसपटक अलि कठिन भएकाले मतदाता शिक्षा कार्यक्रम आवश्यक छ”, उनले भने।

    मालिका गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका श्रीप्रसाद रोका र माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवार बनेका रेशम जुग्जाली (सुविन)ले पनि पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहेका छन्। मतदातासँग मत माग्ने मात्रै होइन, उनीहरूलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको अध्यक्षका उम्मेदवार रोकाले बताए।

    नेपाली कांग्रेस म्याग्दीले उम्मेदवारसहित केही कार्यकर्तालाई चुनाव प्रचार–प्रसारमा पठाएर अन्य पदाधिकारी र सदस्य मतदाता शिक्षाका लागि गाउँ–गाउँमा खटाएको कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले बताए।

    उनले भने, “पाँच वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैँले यसबारेमा गाउँगाउँ र टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौँ।”

    धवलागिरि गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएकी थमसरा पुनले पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छन्। मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका र मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरूलाई सचेत गराइएको उनकाे भनाइ छ।

    त्यसैगरी बेनी नगरपालिका–२ मा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार यामबहादुर कार्की पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त छन्। यहाँका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन्।

    मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घर–घरमा मतदान गर्न जानकारी दिने गरिएको उम्मेदवारहरूको भनाइ छ।

    खेतबारी र घरआँगनमै पुगेर मत माग्दै उम्मेदवार

    स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका गाउँगाउँमा चुनावी गतिविधि बढेको छ। उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न घरआँगनमै पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारी र काम गरिरहेको ठाउँमै पुगेर भए पनि उम्मेदवारले आफूलाई भोट दिन अनुरोध गर्ने गरेका छन्।

    म्याग्दीका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन्। कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद रोका मालिका–४ स्थित खेतबारीमा मकै गोडिरहेका र आँगनका गहुँ चुटिरहेका मतदातासँग बारी र आँगनमै पुगेर मत मागेका छन्।

    अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले कतिपय मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूको काममा व्यवधान नहोस् भनेर खेतबारीमै पुग्ने गरेको रोकाले बताए।

    आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको उनको भनाइ छ। घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदातासमक्ष राख्ने गरेको उनले बताए। मालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारेमा मतदाताको सुझावसमेत लिने गरेको उनले जानकारी दिए। आफ्नो चुनावी घोषणापत्र भए पनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरी निर्वाचित भएपछि काम गर्ने रोकाले बताए।

    त्यसैगरी एमालेको तर्फबाट रघुगङ्गा गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की (दीपक) पनि मकै बारीमा पुगेर मतदातालाई भेटेका छन्। मतदातालाई बारीसम्म पुगेर आफ्ना कुरा राख्न पाउनु र उनीहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको उनले बताए।

    बारीसम्मै आइपुगेर मत मागेपछि कृषक खुसी भएका छन्। कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन्।

    कांग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट बेनी नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा र ज्याति लामिछाने पनि खेतबारीमा काम गरिरहेका किसान, मजदुर र वनजङ्गलमा गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त छन्।

    बेनी नगरपालिकामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार सुरत केसी पनि घरघरमै पुगेर मतदातालाई भेटघाट गर्न व्यस्त छन्। घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गरिएको उनले बताए।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। सत्तारुढ गठबन्धनका तर्फबाट बेनी नगरपालिकाका प्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा र उपप्रमुखका उम्मेदवार ज्योति लामिछानेले नगरपालिकाका १० वटै वडामा घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको प्रमुखका उम्मेदवार शर्माले बताए।

    छवटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। धवलागिरि गाउँपालिकाको वडा नं १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन्।

    वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध भएका हुन्। जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन्।

    एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ। रघुगङ्गा गाउँपालिका–६ वडामा एमाले र राप्रपाबीच तालमेल भएको छ। कांग्रेस र माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल नभएपछि जिल्लाभरमा तीन पदबाहेक अन्य पदमा गरेको मनोनयन फिर्ता गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने
    ११ घण्टा अघि

  • २

    बजेट विवादपछि सुदूरपश्चिमका एमालेका चार मन्त्री पदमुक्त
    १३ घण्टा अघि

  • ३

    उपसभामुख रुवी कुमारीको नेतृत्वमा नेपाली टोली चीन प्रस्थान
    १४ घण्टा अघि

  • ४

    बन्द सरकारी उद्योग खोल्ने योजना अन्तर्गत हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा
    १५ घण्टा अघि

  • ५

    कर्णाली सरकारबाट बाहिरिए कांग्रेसका चार मन्त्री
    १५ घण्टा अघि

  • ६

    प्रतिनिधिसभाको बैठक १ बजेलाई सर्‍यो
    १६ घण्टा अघि

  • ७

    दुई महिनामा समस्याग्रस्त सहकारीका १,७५४ बचतकर्ताले फिर्ता पाए साढे २ करोड रुपैयाँ
    १६ घण्टा अघि

  • ८

    अमेरिकाले आक्रमण नरोक्दासम्म हर्मुज बन्द रहने इरानको चेतावनी
    १६ घण्टा अघि

  • ९

    अव्यवस्थित पार्किङ गरेर डर फैलाउनु गलत : मनिष झा
    १६ घण्टा अघि

  • १०

    रौतहटमा २८ वर्षीय युवकद्धारा आत्मदाह प्रयास, थप उपचारका लागि बर्न अस्पताल रेफर
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)

    नेपाल नक्सा
    २

    फिफा विश्वकप २०२६ : यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ खेल तालिका

    नेपाल नक्सा
    ३

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    नेपाल नक्सा
    ४

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

    नेपाल नक्सा
    ६

    मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution