२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले विवादित नागरिक विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान भएको टिप्पणी गरेका छन्। थापाले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै राष्ट्रप्रति बेईमानी भएको टिप्पणी गरेका हुन्।
‘प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो।’ थापाले भने,‘राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो। राष्ट्रप्रति बेईमानी हो।’
तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी बताउँदै उनले अहिले नयाँ चुनावबाट नयाँ जनादेश प्राप्त संसद आएको अवस्थामा राष्ट्रपति पौडेलले ९ महिना अघि निष्क्रिय भइसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान भएको धारणा राखे।
ट्वीटरमा उनले भनेका छन्, ‘भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजाँदा उनले भारतको नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ। राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाहकै दिन नागरिकता पाउने छिन्, सांसद मन्त्रि हुन पाउँछिन्। नागरिकता कागजको खोस्टो होइन।’
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे