२०८० आश्विन १२, शुक्रबार
काठमाडौँ । असोज ११ गतेदेखि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ ।
गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौला (सरोज) ले असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको बताए । साथै, कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे