२०८० मंसिर १७, आईतबार
काठमाडौँ, २५ जेठ । विश्वकप कप छनोटका लागि नेपाली टिमले पहिलो अभ्यास खेल आज स्कटल्याण्डसँग खेल्दैछ।
दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली टिमले आज मध्यान्ह १ः१५ बजेबाट स्कटल्याण्डसँग खेल्न लागेको हो ।
यसअभि नेपालले गत फागुनमा काठमाडौंमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको दुवै खेलमा स्कटल्यान्डलाई हराएको थियो।
नेपालले शनिबार नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ । दुई वटै अध्यास खेल खेलेर नेपाल जिम्बावे प्रस्थान गर्नेछ।
लिग २ का पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपाल विश्वकप छनोटमा पुगेको हो।
जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो।
जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ। समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन्। समूह ’बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्। प्रतियोगिताबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे