
काठमाडौँ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वर्तमान तथा पूर्वपदाधिकारी, धर्मशास्त्रविद्, संस्कृतिविद्, ज्योतिष विज्ञ र विभिन्न समुदायका प्रतिनिधिसँग छलफल गरी पञ्चाङ्ग तयार गरेको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
छलफलपछि विसं २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई यस वर्ष प्रकाशनको स्वीकृति दिइएको छ। नयाँ पात्रो प्रकाशनका लागि आवेदन दिइएको भए पनि स्वीकृति अझै बाँकी छ। विगतमा माघ तेस्रो साता बजारमा आउने गरेको पात्रो, यस वर्ष संस्कृति मन्त्रालयमा कार्यकारी नियुक्ति ढिलाइ भएपछि करिब १० दिन ढिला भयो। समितिले धर्म, संस्कृतिका क्षेत्रमा नियमन र पञ्चाङ्ग प्रकाशनको अधिकार पाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे