२०८० आश्विन १७, बुधबार
काठमाडौँ, ८ जेठ ।सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटलविच सम्झौता भएको छ।, बैकका गा्रहकलाई चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट मा छुट सुविधा पाउने भएको छ। बैंक र हस्पिटलबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले छुट सम्झौता भएकाे हो ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिको तर्फबाट निर्देशक संजिव राजभण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका बेड चार्ज, डाइग्नोस्टिक प्रोसिड्युअर, फार्मेसी एण्ड हेल्थ प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्ने र बैंकका ग्राहकहरुलाई चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटले १५ प्रतिशत छुटका साथ सेवा सुविधा उपलब्ध गराइने व्यहोरा सम्झौतामा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे