२०८० आश्विन १७, बुधबार
नेकपा एमालेका प्रवक्ता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्य र माननीय एल.पि. साँवा लिम्बूको विशेष आतिथ्यमा आयोजित कार्यक्रममार्फत पिक्यानले आफ्नो उपत्यका विशेष कमिटी गठन तथा शपथ ग्रहण गराएको छ। अध्यक्ष दया थापाको नेतृत्वमा बनेको कमिटीमा ३७ जना सदस्य छन्। चैतन्य खरेल, दिपक खनाल, सुशीला भण्डारी, बलराम आचार्य, क्षितिज विष्ट गरी ५ उपाध्यक्ष चयन गरेको कमिटीले कृष्ण राज भट्टराईलाई सचिवका रूपमा पाएको छ। त्यस्तै दिपक बास्तोला, गङ्गाराम बस्नेत, निरञ्जन सिवाकोटी र रविन तिमल्सिनाले सह-सचिवको जिम्मेवारी पाउँदा राम थापा कोषाध्यक्ष बनेका छन्।
कार्यक्रममा बोल्दै स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी सङ्घ (फेकन) का अध्यक्ष तथा पिक्यानका संस्थापक केन्द्रीय सदस्य बासु नेपालले परामर्श व्यवसायी सङ्घलाई कसले मोनिटरिङ गर्छ भन्ने टुङ्गो नहुँदा संविधान जारी पछि आफूहरू टुहुरो भएको बताए। उनले व्यवसायीका समस्यालाई गम्भीरतापूर्वक लिन नेपाल सरकार र पार्टी प्रवक्ता ज्ञवालीको ध्यानाकर्षण पनि गराए।
कार्यक्रमका उद्घोषक बुद्धि प्रसाद रेग्मीले व्यवसायीका समस्या पटक पटक राख्दा पनि सुनुवाइ नभएको भन्दै आउँदै गरेको पार्टीको विधान महाधिवेशनमा परामर्श भन्ने शब्द राखिदिन आग्रह गरे। उनले भने, “पार्टीकै आग्रहमा खोलिएको यो सङ्घलाई हुर्काउने जिम्मा पनि पार्टीकै हो त्यसैले हामीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन अब पार्टीले भूमिका खेलिदिनुपर्छ”
कार्यक्रमका प्रमुख अतिथि प्रदीप ज्ञवालीले विविध कारणले विश्व स्तरको गौरव गर्न लायक शिक्षा बनाउन नसकेको नेपालमा व्यवसायीको भूमिका प्रशंसनीय भए पनि सधैँ यो व्यवसाय वृद्धि हुनुमा नै गौरव गर्न नसकिने बताए। नेपालमै गुणस्तरीय शिक्षाको त्यो अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। “मैले व्यवसायीका विविध समस्यालाई नजिकबाट नियालिरहेको छु, यसका साथै विद्यार्थीका समस्यालाई पनि बुझिरहेको छु, त्यसैले व्यवसायीले झेलिरहेका नीतिगत समस्यालाई समाधान गर्न पहल गर्ने मेरो र पार्टीको प्रयास रहनेछ” उनले अगाडी भने। पार्टीसँग आबद्ध भइसकेपछि परैबाट चिनिनु पर्ने र नाफामुखी मात्रै भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्नेमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो। । एकजना व्यवसायीले सिमित नाफाका लागि एकजना विद्यार्थीमाथि खेलबाड गर्दा देशको भविष्य नै खेलबाड हुने हुँदा सचेत भएर काम गर्न उनले व्यवसायीलाई सुझाव दिए ।
कार्यक्रममा पिक्यानको उपत्यका विशेष कमिटीलाई विशेष अतिथि माननीय एल. पि. साँवा लिम्बूले शपथ ग्रहण गराए । व्यवसायिक भएकाले व्यवसायी सफल भए मात्र यस्ता सङ्घ संस्था टिक्ने भन्दै लिम्बुले व्यवसायीले आफ्नो सिर्जनात्मक क्षमतालाई जसरी पनि विद्यार्थी मनाउने तिर भन्दा उनीहरूलाई वास्तविक चित्र देखाएर गुणस्तरीय सेवा दिनेतिर केन्द्रित गर्नुपर्ने बताए ।
सदस्यता विस्तार गर्दै लाने र सक्रियतापूर्वक व्यवसायीहरूलाई पार्टी काममा लगाउँदै उनीहरूको समस्यालाई पार्टी हुँदै सरकार सम्म पुर्याउने लक्ष्य पिक्यानले लिएको छ।
कार्यक्रममा अतिथिलाई अगाडी मञ्चमा राखेर सम्मान गरिन्छ र आसन ग्रहणपछि कार्यक्रम सुरु हुन्छ। तर राजधानीको हार्दिक होटलमा शुक्रवार आयोजित एक कार्यक्रममा भने एउटा नौलो प्रयोग देखियो। नेकपा एमालेको भातृ सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ अन्तर्गत स्थापित प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको उपत्यका विशेष कमिटी गठन तथा शपथ ग्रहण कार्यक्रम सुरु भए लगत्तै उद्घोषकले घोषणा गरे, “अब हाम्रा संयोजक विष्णु पोखरेल र सहसंयोजक राजन श्रेष्ठले हाम्रा सदस्यहरूलाई सम्मान गर्नुहुनेछ”। कुनै पनि संघसंस्था बलियो हुनका लागि यसका सदस्यले पहिले सम्मानित भएको महसुस गर्नुपर्छ भन्ने बुझेको पिक्यानले त्यो उदाहरण प्रस्तुत गरेको हो। सबै सदस्य र उपस्थित व्यक्तित्वहरूलाई खादा सहित सम्मान गरिसकेपछि मात्रै कार्यक्रमका अध्यक्ष र अतिथिलाई मञ्चमा आसन ग्रहण गराइयो।
नेकपा एमाले परामर्श शाखा कमिटि अध्क्ष्य खड्ग बहादुर ताम्लिङ्ग लिम्बुले शाखा पार्टी गतिबिधिको बारेमा , नेपाल उधोग ब्यापार ब्याबसायी महासंघ शिक्षा बिभाग सह संयोजक राजन कुमार श्रेष्ठले अतिथिहरुलाई स्वागत मन्तव राख्नु भयको थियो तेसै गरि उधोग ब्यबसायी बिशेष जिल्ला कमिटि अधक्ष्य चन्द्र प्रसाद रिजाल ले परामर्श ब्यबसायी र पर्यटन ब्यबसायी कोविड-१९ को कारण समस्याग्रस्त भएको र सरकारले यसको सम्बोधन राम्रो संग गर्नुपर्ने बताउनु भयको थियो। छोटो समय को सूचना मा आयोजना गरियको सो कार्यक्रममा उल्लेख्य परामर्श ब्यबसायी हरुको उपस्थिति रहेको थियो। सातै प्रदेशका PECAN संयोजक तथा सह संयोजक हरुले सबै प्रदेशमा दशैँ भन्दा अगाडी प्रदेश स्तरिय कमिटीहरु निर्माण गर्ने प्रतिबद्ता दिनुभयको र २ महिना भित्र सम्पूर्ण तयारी पुरा गरि रास्ट्रीय अधिबेशन गरि प्रगतिशील शैक्षिक परामर्श संघ (PECAN )लाइ व्यवसायीको लागि अवसर र क्षमता बिकाश तथा नेकपा एमालेको पार्टीको सशक्त जनबर्गिय संगठन को भूमिकामा स्थापित गराउने गरि सस्थालाई अगाडी लाने प्रतिबद्ता सहित कार्यक्रमका अधक्ष्य तथा नेपाल उधोग ब्यापार ब्याबसायी महासंघ शिक्षा बिभाग संयोजक बिष्णु प्रसाद पोख्रेल ले कार्यक्रम समापन गर्नुभयको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे