• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १६, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कुनै कागजातमा माननीय सम्बोधन नगर्न रास्वपाका सांसदहरूलाई रविको निर्देशन

४ मिनेट अघि
२

‘सेनालाई सुकुम्बासीको लगत नदिनू’ भन्दै स्थानीय तहलाई आग्रह:हर्क साम्पाङ

२७ मिनेट अघि
३

प्रधानमन्त्री बालेनले तुरुन्त राजीनामा दिनुपर्छ:हर्क साम्पाङ

४४ मिनेट अघि
४

स्थानीय चुनावका लागि उम्मेदवार छान्न रास्वपाले माग्यो सुझाव

१ घण्टा अघि
५

संसद् छलेर अध्यादेश ल्याएकोमा सुहाङ नेम्बाङको असन्तुष्टि

२ घण्टा अघि
६

सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलको बैठक बस्दै

२ घण्टा अघि
७

पूर्वदेखि पश्चिमसम्म खराब मौसमको पूर्वानुमान, सावधानी अपनाउन अनुरोध

२ घण्टा अघि
८

पराजयपछि पहिलो पटक सर्लाही जाँदै गगन थापा

२ घण्टा अघि
९

सांसद महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक, आविष्कार केन्द्रलाई आम्दानी समर्पण

३ घण्टा अघि
१०

स्थितिपत्रप्रति प्राध्यापकको टिप्पणीः कृषि रूपान्तरणमा अपर्याप्त ध्यान

३ घण्टा अघि
११

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको तयारी

३ घण्टा अघि
१२

काठमाडौँ महानगर र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तालिमका लागि सहकार्य

३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख २८, बुधबार (३ साल अघि)

कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

  • 3,710 Views
  • काठमाडौं ।  सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको ठहर छ ।

    अभियानका संयोजक आरके अदीप्त गिरीले त्यसप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताए । उनका अनुसार यस क्षेत्रमा रहेका स्थानीय तहका उम्मेदवार र तिनका दल कालीगण्डकी संरक्षणप्रति उदासिन देखिएका छन् ।

    “पर्यावरणका विषयमा दलहरूको दृष्टिकोण के हो ? संरक्षणको के योजना छ ? यी विषय त चुनावी प्रतिबद्धतापत्रमा आउनुप-यो नि”, संयोजक गिरीले भने, “मनलाग्दी दोहनले कालीगण्डकीलगायतका नदीहरू सङ्कटमा छन्, यिनलाई कसले जोगाउने ?”

    उनले कालीगण्डकी नदीमात्रै नभएर एक सभ्यता पनि भएकाले यसको संरक्षणको विषयलाई सोलोडोलोरूपमा बुझ्न नहुने बताए । “कालीगण्डकी एउटा सभ्यता हो, आफैँमा यो देशकै ठूलोमध्येको एक नदी हो”, संयोजक गिरीले भने, “ढुङ्गागिट्टी उत्खननका नाममा यसमाथि अनियन्त्रित दोहन चलिरहेको छ, नागरिक तहदेखि राज्य संयन्त्र कालीगण्डकी संरक्षणमा गम्भीर बन्नुपर्छ ।”

    कतिपय उम्मेदवारका घोषणापत्रमा भने खोलानालाई जोडेर जलाधारण व्यवस्थापन, जैविक विविधतालगायत विषयलाई प्रतिबद्धतापत्रमा समेटेको पाइएको छ । बागलुङ नगरपालिकाको चुनावमा प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रमा “कालीगण्डकी नदी दोहन नियन्त्रण गरी नदीको पवित्रता, जैविक विविधता तथा शालिग्राम संरक्षणलाई अभियानका रूपमा अघि बढाइने”, उल्लेख छ ।

    नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका साझा उम्मेदवारको प्रतिबद्धतापत्रमा भने कालीगण्डकी संरक्षणको मुद्दा कतै समावेश छैन । बरु कालीगण्डकीको सहायकखोला काठेखोलामा बहुआयामिक पर्यटन प्रवद्र्धन जलविहार परियोजना सञ्चालनको प्रतिबद्धता जनाइएको छ । अभियानले चुनावपछि कालीगण्डकी आसपासका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि र सरोकार भएका पक्षलाई राखेर पर्यावरण संरक्षणसँगै मौलिक विकाससम्बन्धी बहस थाल्ने तयारी गरेको छ ।

    मानवीय अतिक्रमणबाट मुक्त गरी कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले रचनात्मक दबाब बढाउँदै आएको छ । दुई वर्षअघि जन्मेको अभियानमार्फत ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलिरहेको छ । अभियानले नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रूपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरूपमा सम्प्रेषण गरिरहेको छ । ‘नदी सप्तक’ ९४औँ शृङ्खलामा पुगिसकेको अभियानले जनाएको छ ।

    कालीगण्डकी संरक्षण अभियानमा टेवा दिन गायक कर्ण दासको स्वरमा ‘ए कालीगण्डकी’ गीत पनि सार्वजनिक गरिएको संयोजक गिरीले बताए । उक्त गीतलाई कालीगण्डकी नदीको सभ्यता र महिमा बोल्ने मानक गीतका रूपमा लिन सकिने उनको भनाइ छ ।

    संयोजक गिरीले प्रकृति र मानवताप्रेमी जो–कोहीले कालीगण्डकीमाथिको निर्मम दोहनको खुलेर विरोध गर्नुपर्ने धारणा राखे। गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने उनको तर्क छ । कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पु¥याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताए ।

    धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी–प्रणाली हो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कुनै कागजातमा माननीय सम्बोधन नगर्न रास्वपाका सांसदहरूलाई रविको निर्देशन
    ४ मिनेट अघि

  • २

    ‘सेनालाई सुकुम्बासीको लगत नदिनू’ भन्दै स्थानीय तहलाई आग्रह:हर्क साम्पाङ
    २७ मिनेट अघि

  • ३

    प्रधानमन्त्री बालेनले तुरुन्त राजीनामा दिनुपर्छ:हर्क साम्पाङ
    ४४ मिनेट अघि

  • ४

    स्थानीय चुनावका लागि उम्मेदवार छान्न रास्वपाले माग्यो सुझाव
    १ घण्टा अघि

  • ५

    संसद् छलेर अध्यादेश ल्याएकोमा सुहाङ नेम्बाङको असन्तुष्टि
    २ घण्टा अघि

  • ६

    सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलको बैठक बस्दै
    २ घण्टा अघि

  • ७

    पूर्वदेखि पश्चिमसम्म खराब मौसमको पूर्वानुमान, सावधानी अपनाउन अनुरोध
    २ घण्टा अघि

  • ८

    पराजयपछि पहिलो पटक सर्लाही जाँदै गगन थापा
    २ घण्टा अघि

  • ९

    सांसद महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक, आविष्कार केन्द्रलाई आम्दानी समर्पण
    ३ घण्टा अघि

  • १०

    स्थितिपत्रप्रति प्राध्यापकको टिप्पणीः कृषि रूपान्तरणमा अपर्याप्त ध्यान
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ३

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ४

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ५

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ६

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution