
काठमाडौँ । २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोग, नेपाल र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। निर्वाचनको क्रममा भ्रामक सूचना, दुष्प्रचार र अनुचित सामग्री नियन्त्रण गर्दै स्वस्थ डिजिटल वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले उक्त समझदारी गरिएको आयोगले जनाएको छ।
समझदारी पत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा., आयोगका सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
आयोगका अनुसार यो सहकार्यले निर्वाचन अवधिभर सामाजिक सञ्जालको जिम्मेवार प्रयोग सुनिश्चित गर्न, मतदातालाई सही सूचना प्रवाह गर्न तथा लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे