• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २९, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भूमि कारोबारमा चहलपहल, फागुनमा रोक्का–फुकुवासमेत बढ्यो : कतै तीव्र नामसारी, कतै भारी रोक्का

२ घण्टा अघि
२

वैशाख २ देखि देशभर आर्थिक गणना, पाँच हजार जनशक्ति परिचालित

४ घण्टा अघि
३

आजको मौसम

६ घण्टा अघि
४

२१ घण्टे अमेरिका–इरान वार्ता असफल ,दुवै पक्ष आफ्नै अडानमा

६ घण्टा अघि
५

उच्च पदस्थको सम्पत्ति जाँचमा सरकारलाई नेकपाको साथ

२३ घण्टा अघि
६

अमेरिका–इरान वार्ता , विश्वासको संकटबीच शान्ति प्रयास

२३ घण्टा अघि
७

जेनजी घाइतेलाई निःशुल्क एमबीबीएसको अवसर नियम विपरीत छैन:शिक्षा मन्त्रालय

२३ घण्टा अघि
८

राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने

१ दिन अघि
९

गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड

१ दिन अघि
१०

श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त

१ दिन अघि
११

जनअपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने:राष्ट्रपति पौडेल (पूर्णपाठसहित)

१ दिन अघि
१२

नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र , ‘वन–स्टप’ प्लेटफर्म बन्दै

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (३ साल अघि)

एक महिनायता विद्युत् आपूर्ति अनियमित, उद्योग सञ्चालनमा कठिनाइ

  • 3,275 Views
  • रुपन्देही । अनियमित विद्युत् आपूर्तिका कारण रुपन्देहीका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो ।

    करिब एक महिनदेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको छ । पछिल्लो समय लगातार १५ दिनदेखि विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गानाले जानकारी दिए। “अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ । हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ”, उनले भने ।

    उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंकको ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना हुन लागेको उनको गुनासो छ । विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ । अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन ।

    अनियमित विद्युत् आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषितरूपमा २४ घण्टा विद्युत् कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको उनको भनाइ छ । उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकारणसँग पटक–पटक आग्रह गर्दै आए पनि समस्या समाधान हुनसकेको छैन ।

    प्राधिकरणले समयतालिका बनाएर उद्योग क्षेत्रको विद्युत् आपूर्ति नियमित गर्नुपर्ने माग उनीहरुको छ । “प्राधिकरण नेतृत्वको अक्षमताका कारण पटक–पटक उद्योगीहरूले पीडा भोग्नुपरेको छ । हाल विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित हो”, उद्योगी बाबुराम बोहोराले भने, “समस्या सामाधानमा छिट्टै कदम नचालिए सङ्घ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ ।”

    विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार बन्न नसकेको गुनासो उनीहरूको छ । आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए आफूहरु उद्योगमा ताला लगाएर सडकमा आउने उद्योगीहरुको चेतावनी छ । रुपन्देही उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ र सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर धेरै पटक ध्यानाकर्षण गराउने काम गरे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको उद्योगीहरूको गुनासो छ ।

    कोभिड महामारीका कारण थला परेका उद्योग विस्तारै उठ्न थाले पनि विद्युत्का कारण धरासायी हुने अवस्थामा छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले प्राधिकरणले बिनासूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएका कारण उद्योगहरूले ठूलो क्षति व्यहोर्नुपरिरेहको बताए । विद्युत् वितरणमा भइरहेको समस्यालाई तत्काल समाधान गर्न उनको आग्रह छ । “कोरोनाले थलिएका उद्योग विस्तारै उठ्न थालेका छन्, यस्तो अवस्थामा अनियमित विद्युत् आपूर्तिले उद्योग धरासयी हुन्छन्”, उनले भने।

    विगत एक महिनादेखि विद्युत्को समस्या धेरै हुन थालेको उद्योगी बताउँछन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिए ।

    उद्योगी व्यवसायीको साझा संस्थासमेत रहेको सङ्घमा जिल्लाका उद्योगीले अघोषित विद्युत् कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत् आपूर्ति गर्न माग गरेका छन् । ३३ केभिए र ११ केभिए औद्योगिक करिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत् कटौती हुन थालेपछि उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत सिद्धार्थ उद्योग वाणिज्य सङ्घले ध्यानाकर्षण गराएको छ ।

    उत्पादनजस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत् आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन सङ्घले आग्रह गरेको छ । विगत केही दिनको अनियमित विद्युत् आपूर्तिले उत्पादनमा रहेको कच्चा पदार्थ बिग्रिएर प्रयोग गर्न नमिल्ने हुनुका साथै बजारमा उत्पादनको अभाव सिर्जना हुने अवस्था आएको सङ्घले जनाएको छ ।

    औद्योगिक करिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखाले यसलाई बेरुजुमा देखाउने गरेकाले समस्या हुने उद्योगीहरू बताउँछन् । बरु लोडसेडिङ तालिका नै लागू गरेर भए पनि सीमित समयावधिमा उद्योग सञ्चालन गरे अभाव पनि सिर्जना नहुने उनीहरूको भनाइ छ । अघोषितरूपमा भएको लोडसेडिङले महिना दिनदेखि उद्योगको उत्पादन आपूर्ति बन्द हुनुका साथै यन्त्र उपकरण बिग्रने, कच्चा पदार्थ खेर जाने लगायतका समस्या देखिएका छन् ।

    बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजु ले औद्योगिक उत्पादनको लागत बढ्नुका साथै वैकल्पिक ऊर्जाको लागि पेट्रोलियम पदार्थको उपभोगसमेत बढ्न जाने भएकाले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न जाने सम्भावना बढेको जानकारी दिए । ऊर्जा अपर्याप्तताको हालको समयमा औद्योगिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नु चुनौतीका रूपमा रहेको भएता पनि विद्युत् आपूर्तिका लागि वैकल्पिक व्यवस्था गर्ने, औद्योगिक क्षेत्रहरूमा समय तोकी विद्युत् आपूर्ति गर्ने उपाय अवलम्बन गर्नेबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    विद्युत् प्राधिकरणका अनुसार सरकारले भारतीय सरकारसँग लिएको विद्युत् रोकिएपछि यस क्षेत्रमा विद्युत् आपूर्ति अनियमित भएको छ । प्राधिकरणका प्रदेश प्रमुख निर्देशक ई नवराज ओझाले विद्युत्को उत्पादन र आयातमा आएको समस्याका कारण वितरणमा समस्या देखिएकाले समाधानका लागि पहल भइरहेको जानकारी दिए । समयतालिका बनाएर विद्युत् वितरण गर्न वा उद्योगमा विद्युत् प्रवाह गर्न प्राविधिक टोलीसँग परामर्श गरी तत्काल उपाय खोज्ने उनको भनाइ छ । रुपन्देही उद्योग सङ्घका अनुसार जिल्लामा करिब १५ हजार उद्योग सञ्चालनमा छन् । नियमित विद्युत् आपूर्ति नहुँदा यी उद्योगमा उत्पादन कम भएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भूमि कारोबारमा चहलपहल, फागुनमा रोक्का–फुकुवासमेत बढ्यो : कतै तीव्र नामसारी, कतै भारी रोक्का
    २ घण्टा अघि

  • २

    वैशाख २ देखि देशभर आर्थिक गणना, पाँच हजार जनशक्ति परिचालित
    ४ घण्टा अघि

  • ३

    आजको मौसम
    ६ घण्टा अघि

  • ४

    २१ घण्टे अमेरिका–इरान वार्ता असफल ,दुवै पक्ष आफ्नै अडानमा
    ६ घण्टा अघि

  • ५

    उच्च पदस्थको सम्पत्ति जाँचमा सरकारलाई नेकपाको साथ
    २३ घण्टा अघि

  • ६

    अमेरिका–इरान वार्ता , विश्वासको संकटबीच शान्ति प्रयास
    २३ घण्टा अघि

  • ७

    जेनजी घाइतेलाई निःशुल्क एमबीबीएसको अवसर नियम विपरीत छैन:शिक्षा मन्त्रालय
    २३ घण्टा अघि

  • ८

    राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने
    १ दिन अघि

  • ९

    गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड
    १ दिन अघि

  • १०

    श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    नेपाल नक्सा
    २

    ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

    नेपाल नक्सा
    ३

    विश्व बैंक र एडीबीबाट सहुलियतपूर्ण ऋण, डिजिटल नेपाल र दिगो वित्त परियोजनामा लगानी

    नेपाल नक्सा
    ४

    डा नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

    नेपाल नक्सा
    ५

    अब शनिबार र आइतबार सार्वजनिक बिदा, सरकारी कार्यालय समय ९ देखि ५

    नेपाल नक्सा
    ६

    परिवारवाद र मेरिटको सवाल : स्वास्थ्य मन्त्री निशा मेहताको निर्णयमाथि प्रश्न,बैठक अनुपस्थितिपछि निलम्बित व्यक्तिलाई पुनः बोर्डमा ल्याउने निर्णय विवादित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution