२०८० मंसिर १७, आईतबार
काठमाडौँ, ११ जेठ ।त्योयो एजुकेशन कन्सल्टेन्सीले यहि बुधबार, जेठ १० गते देवकोटा सडक, मध्यबानेश्वर, काठमाडौं (एपेक्स कलेजको अगाडि) स्थित आफ्नो कार्यालय परिसरमा त्योयो इन्फो सत्रको आयोजना सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई जानकारी गराउनु रहेको थियो । कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलियाका शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा एडु ग्रुपका मार्केटिङ्ग अफिसर सञ्जय तामाङले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि उपलब्ध असंख्य अवसर र फाइदाहरूबारे छलफल गर्दै विश्वव्यापी शिक्षाको अनुभवबाट प्राप्त हुने फाइदाहरू हाइलाइट भएको थियो।
सेसनमा स्काइलाइन इन्टरनेशनल कलेज अष्ट्रेलियाका मार्केटिङ विशेषज्ञ श्री विशाल पौडेलले कलेजका पाठ्यक्रमहरूको बारेमा जानकारी प्रस्तुत गर्दै उहाँको संस्थाले उपलब्ध गराउने गुणस्तरीय शिक्षाले विद्यार्थीहरूलाई आफ्नो व्यक्तिगत उत्कृष्टता हासिल गर्न र आफुले छनोट गरेको क्षेत्रमा सफल हुन आवश्यक आत्मविश्वासको विकास गर्न मद्दत गर्छ भन्ने धारणा ब्यक्त गर्नुभयो।
स्टेन्ली कलेजका रिज्नल रेक्रुटमेन्ट म्यानेजर श्री अभिमन्यु देवकोटाले अडिलेट र पर्थ, अष्ट्रेलियामा रहेका कलेजहरूको बारेमा जानकारी गर्दै यी स्थानहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययनका लागि उपलब्ध अवसरहरू र अध्ययन पछीका फाइदाहरूको बारेमा बताउनु भएको थियो।
NAPS कलेजका मार्केटिङ्ग म्यानेजर गीता राजबाहकले कलेजको उत्कृष्ट शिक्षा प्रणालीको बारेमा बताउँदै पाठ्यक्रम व्यावसायिक शिक्षामा केन्द्रित भएको र योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उपलब्ध छात्रवृत्तिहरूको बारेमा जानकारी गराउनुभयो। कार्यक्रम सभ्य र भब्य भएको जानकारी दिदै त्योयो एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ्ग डाइरेक्टर् बिदित आचार्यले कार्यक्रमलाई सफल बनाउनको लागि आफ्नो अमूल्य समय र योगदान दिएकोमा कलेजका प्रतिनिधिहरू र सहभागी सबै विद्यार्थीहरूलाई धन्यवाद् दिनु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे