२०८० आश्विन १७, बुधबार
काठमाडौं । शरद केडिया र गायिका इन्दिरा जोशीको खुम्वू क्षेत्रमा इन्गेजमेन्ट भएको छ । केही समययता प्रेममा रहेका फेसन डिजाइनर शरद केडियासँग ३५ वर्षीया जोशीले इन्गेजमेन्ट गर्नुभएको हो । इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम भने खुलाउनुभएको थिएन ।
शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडियो समेत सार्वजनिक भएको छ। शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् । इन्दिराले फेसबुकमा लेखेकी छन् ‘उनले सोधे के तिमी विवाह गछौं, अनि मैले भने एस , म तिमीलाई माया गर्छु सरद।’
उहाँहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गर्नुभएको हो । इन्दिरा र शरदले औँठी साटेको सामाजिक सञ्जाल भिडियो टिकटकमा छ्यापछ्याप्ती छ ।
उहाँहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुभएको छ । इन्दिरा र शरद हेलिकप्टरबाट इन्गेजमेन्छ गर्न खुम्बु क्षेत्र पुग्नुभएको थियो । क्याप्टेन थापाले भिडियोको क्याम्पसनमा लेख्नुभएको छ, ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे