२०८० मंसिर १४, बिहिबार
काठमाडौँ , १६ जेठ । हात्तीसारमा रहेको आर्याना बुटिक होटलमा अस्ट्रेलियन ईन्स्टिच्युट अफ बिजिनेस ईन्टलीजेन्टस हायर एजुकेशन (AIBI Higher Education)ले एजेन्ट मिट सम्पन्न गरेको छ ।
कार्यक्रममा ईन्डीया र नेपालका लागि रिजन्ल म्यानेजर करनजित सिङ्हले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई उक्त AIBI Higher Education मा पढाइ हुने विषय ,स्कलरसीप र कोर्सको बारेमा जानकारी प्रदान गरेका थिए। सोही कार्यक्रममा AIBI Higher Educationकी हेड अफ रिक्रूटमेंट ग्युलीया कारीडीले भिजा प्रोसेसीङ, त्यहा पढाइ हुने कोर्स र फि स्टक्चरको बारेमा चर्चा गरेकी थिईन।
त्यसतै AIBI Higher Educationका सि ई ओ फाबियो मेहियाले आफुले प्रदान गर्दै आइरहेको शैक्षिक कार्यक्रम र उपलब्धिको बारेमा शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी गराएका थिए। परामर्श व्यवसायीहरुको बाक्लो उपस्थीत रहेको सेसनमा जिज्ञासुहरुले आफ्ना जिज्ञासाको समाधान सहजै प्राप्त गरेका थिए।
कार्यक्रममा सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई सर्टिफिकेट साथै मायाको चिनो समेत प्रदान गरीएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे